Logo

अजिगंरले मसाज गर्ने



यदि ठुलो सर्प देखेमा हामी एक कोष पर भाग्छौ, तर यो दुनियामा यस्तो पनि छ जहाँ अजिगंरले मानिसहरुको शरीरमा मसाज गर्छ । जर्मनको ड्रेसडेन शहरमा हार मोड टीन सैलुन छ । उक्त सैलुन हाल निकै लोकप्रिय भएको छ । टाढा टाढा बाट मानिसहरु आएर आफ्नो घाटीको मसाज गराउन पालो कुर्छन ।

वास्तवमा उक्त सैलुनमा मोटी नामको एक लामो अजिगंर छ । त्यसले मानिसहरुलाई विशेष मसाज गरीदिन्छ । उसले गरेको मसाज मुलायम र असरदार हुने भएकोले मानिसहरु पटक पटक आउने गर्छन् । उसलाई देखेर डराएपनि हिम्मतले मसाज पनि गराउछन् । मोटीको मालिकले उसलाई विशेष प्रशिक्षण दिएको बताएका छन् । मोटीबाट मसाज गराएको मुल्य ३८ डलर पर्छ ।



प्रतिक्रिया दिनुहोस्