Logo

पुरै घर सम्हाल्ने ५ वर्षकी बच्ची



घर समाल्नु बच्चाको खेल होइन, तर एउटी बच्चीको कहानी सुने तपाइँ दंग पर्नुहुनेछ । पाँच वर्षकी यस बच्चीको जिन्दगी फरक छ । आफ्नी हजुरआमा र बुढी हजुरआमासँग बस्ने यी बच्चीले पुरै घर सम्हाल्छिन् ।

वास्तवमा यी नानी ३ वर्षको हुँदा उनको पिता जेल गए, जेल जानुको कारण भने हालसम्म पत्ता लगाएको छैन । पिता जेलपरे पछि उनकी आमा दोस्रो विवाह गरेर ती बढी हजुरआमाहरु सँग छोडेर गइन् । ती दुवै बृद्धहरु शारीरीक रुपमा असमर्थ थिए । हाल ती ५ वर्षकी नानीले हजुरआमा र ९२ वर्षकी बुढी हजुरआमाको हेरचाह गरीरहेकी छिन् । उनको हजुरआमा आर्थँइटिस रोगको कारण केही गर्न नसक्ने भएकी हुन् । अरु बच्चाहरु स्कुल जाँदा उनी भने बृद्धहरुको स्याहारसुसारमा व्यस्त हुन्छिन् । बिहान छिटो उठेर सबैकाम सकि खाना बनाई हजुरआमाहरुलाई खुवाउने गर्छिन । यो घटना चीनको दुर्गम इलाकाको हो ।

यी नानीलाई सहयोग गर्ने कोही छैनन । उनले किचन प्लेटफर्म सम्म पुग्न नसकेर एक स्टुलको प्रयोग गर्छिन । उनका छिमेकीले अलिअलि सहयोग गर्ने गरेका छन् । ऐना नाम गरेकी ती बच्चीले खेतबाट सागसब्जी आफै ल्याउछिन् ।



प्रतिक्रिया दिनुहोस्