Logo

कोरोना भाइरस संक्रमित बाँचेपनि फोक्सो र किड्नीलाई सदाका लागि क्षति पुग्ने



एजेन्सी, २९ चैत्र । कोरोना भाइरसको संक्रमणले मानिसको ज्यान गइहाल्दैन । हालसम्मको तथ्यांकले संक्रमितमध्ये ९७ प्रतिशत मानिस बाँचेको देखिएको छ । तर, मानिस बाँच्न सफल भएपनि उसको फोक्को र किड्नीलाई सदाका लागि बिगार्न सक्छ कि सक्दैन ? यो चासोको विषय बनेको छ ।

कोरोना भाइरसको साधारण लक्षण देखिएकाहरु पूरै ठिक हुने सम्भावना बढी रहन्छ । उनीहरुलाई नीको भएपछि पनि पछिसम्म शरीरमा क्षति पुग्दैन । तर, मध्यम र कडा खालको लक्षण भएकाहरुलाई भने शरीरका विभिन्न भागमा पछिसम्म क्षति पुग्ने वैज्ञानिकहरुले तथ्य पत्ता लगाएका छन् । ती व्यक्तिहरुमा फोक्सोमा पछिसम्म क्षति पुग्नेछ ।

भाइरस सेलमा प्रवेश गरेर स्वास प्रश्वास मार्गमा पकड बनाउँछ । त्यसपछि भाइरसहरु अरु निर्माण गर्न दबाब सृजना गर्छ । यसले फोक्सोमा स्थान बनाएर दुर्घटना गराउँछ । विस्तारै स्वास फोर्न कठिन भई विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था बन्न सक्छ ।

अध्ययनहरुले एकपटक संक्रमित भइसकेको व्यक्तिलाई सदाका लागि स्वास प्रश्वासको समस्या रहिरहन्छ । रोग लाग्नुअघिको जस्तो अवस्थामा फर्कन नसक्ने गरी समस्या रहिरहन्छ ।

यसैगरी, कोरोना भाइरसको संक्रमितलाई किड्नीको पनि समस्या हुने अध्ययनले देखाएको छ । विभिन्न अंगहरु प्रभावित हुने क्रममा किड्नी पनि प्रभावित हुन्छ । उपचारका क्रममा किड्नीमा पनि दबाब पर्न गई पछिसम्म समस्या पर्न सक्छ । अलजजिराबाट डा. अमिर खानको लेखको सम्पादित अंश



प्रतिक्रिया दिनुहोस्