Logo

मन्त्री बीना मगरलाई राज्यमन्त्री मानन्धरद्वारा दुई सय थान पिपिई हस्तान्तरण



काठमाडौँ, २७ चैत : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पिपिई सेट हस्तान्तरण गरेका छन् । नेपाल सरकारको सुदूरपश्चिम समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानी मन्त्री बीना मगरलाई आज राज्यमन्त्री मानन्धरले २०० थान पिपिई सेट हस्तान्तरण गरेका हुन् ।

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घको सहयोगमा उक्त पिपिई सेट हस्तान्तरण गरिएको हो । पिपिई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले भने, “विपद्का समयमा सरकार जनताका साथमा छ र सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्नु आवश्यक छ ।”

मन्त्री मगरले कोरोनाको उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताए । मन्त्री मगरले सुदूरपश्चिम कोरोना सङ्कटको इपिसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्