Logo

नेपाल भारत महिला मैत्री समाजद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण



धनुषा, ३० चैत : कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले प्रदेश २ सरकारलाई झण्डै रु १४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले उक्त सामग्रीहरु आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीमा पिपिई १५० थान, ग्लोब्स चार हजार २५०, सानिटाइजर ५०० एमएलको ८४ बोतेल, स्प्रे टैंक १० र सर्जिकल मास्क दुई हजार थान रहेको छ । समाजले प्रदान गरेको स्वास्थ्य सामग्री आजै विभिन्न अस्पतालमा पु¥याइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot