Logo

ट्रम्पका मित्रको कोरोना संक्रमणले मृत्यु



एजेन्सी, १ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिन्न मित्रको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । न्युयोर्कका रियल स्टेट मुगल स्टेनले चेराको संक्रमणले मृत्यु भएको हो ।

झण्डै ८० वर्ष पुग्न लागेका उनलाई कोभिड १९ भएको थियो । सीएनएनका अनुसार उनको मृत्युको कारण कोभिड १९ हो ।

चेरा ट्रम्पसँग निकै मिल्ने साथी हुन् । उनले सन् २०१६ देखि २०१९ सम्म ट्रम्पको विभिन्न संस्थलाई ४ लाख डलरभन्दा बढी सहयोग गरेको रेकर्ड छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्