Logo

किमले कोरोनासँग लड्न भन्दै शक्तिशाली कमिसनका पाँच सदस्य हटाए



एजेन्सी, १ वैशाख । उत्तर कोरियाले ७ सय टेष्ट गर्दा कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको जनाएको छ । त्यहाँ अझै मानिसहरु क्वारेन्टाइनमा रहेपनि संक्रमण नभएको रिपोर्ट दिइएको छ ।

उत्तर कोरियामा कोरोना संक्रमण नदेखिइएको दाबी गरिइरहँदा कोरोनासँग लड्नकै लागि त्यहाँका नेता किम जोङ उनले देशको शक्तिशाली निकाय स्टेट अफेयर्स कमिसनमा झण्डै आधा सदस्यलाई हटाएका छन् । १३ सदस्यीय कमिटिका पाँच जनालाई हटाएर पुर्नगठन गरेका छन् । उत्तर कोरियाको सबैभन्दा उच्च निर्णयकर्ता निकाय मानिएको उक्त कमिसनमा पुर्नगठनको जानकार त्यहाँको सरकारी न्युज एजेन्सी केसीएनएले जनाएको छ ।

आइतबार बसेको कमिसनको बैठकले पुर्नगठन गरेको जनाइएको छ । त्यस्तो बैठक कमैमात्र बस्ने गर्छ । सोमबार केसिएनले तस्बिर समेत सार्वजनिक गरेको छ । जसमा कमिटिका सदस्यहरुले मास्क प्रयोग गरेका छैनन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्