Logo

सरकारबाट कमीकमजोरी भएका छन् सच्याएर बढ्नुपर्छ- सुवासचन्द्र नेम्वाङ



काठमाडौं, १ वैशाख । पूर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ कोरोना भाइरसविरुद्धको लडाईंलाई युद्धको अवस्था भन्छन् । उनले सरकारबाट कमी कमजोरी भएको बताएका छन् तर सच्याएर बढनुको विकल्प नभएको उल्लेख गरे । नेम्वाङसँग यीनै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
नयाँ वर्ष २०७७ सालमा विकास र समृद्धिको यात्रा कतातिर जाला ?
कोरोनाविरुद्धको लडाइँमा विश्वसामु हामी पनिसँगै छौं । यतिबेला देशका सबै नागरिक, राजनीतिक दल र समुदाय एक ढिक्का भएको छन् यो राम्रो संकेत पनि हो । यही एकता र सहकार्यले निरन्तरता पाउनुपर्छ ।
कोरोनाविरुद्ध लड्न जसरी सशक्त कदल चालिएको छ, त्यसमा सरकार सफल भएको हो ?
अहिले जेजति उपलब्धहरु देखिएका छन् त्यसलाई सफलै भन्नुपर्छ । यतिबेला विश्वका महाशक्तिहरु पनि तिलमिलाइरहेका छन् । हाम्रा छिमेकीहरुलाई निकै नै धौधौ परिरहेको छ । तर, हामीले भने केही सफलताहरु हासिल गरिरहेका छौं । तर, चुनौतिहरु भने छन् किन भने हाम्रा धेरै भूभागहरु भारतीय सिमानामा जोडिएका छन् ।
नेपालको सुशासन र भ्रष्टाचार अन्त्यका लागि सरकारले के गर्दै छ त ?
अहिले जसरी एकता भएको त्यसलाई कायम राख्दै अगाडि बढ्नु्पर्छ । हामीले जसरी लकडाउन ग¥यो त्यो एकदमै उचित समय थियो । छिट्टै त्यो गर्दा अलिअलि प्रश्न उठेका थिए, ‘किन यति चाँडै मुलुकमा लकडाउन गर्ने भनेर । अहिले आएर यो दुद्धिमतापूर्ण ढंगले गरिएको रहेयछ भन्ने प्रमाणित भयो । यसलाई अलिकति डगमगाउन नदिइकन सतर्कतापूर्वक अगाडि बढ्नुपर्ने छ । यो बेलामा जनताका दैनिक रुपमा खड्किएका समस्यालाई समाधान गर्नुपर्छ । जनताका दैनिक उपभोग्य वस्तुहरुको व्यवस्थापन लकडाउनको बेलामा असाध्यै चुनौतिपूर्ण विषय हो । आइपरेका समस्या समाधान गर्ने नाममा नियम, कानुन र संविधानमा अलिकति पनि हलचेक्र्याईं नहोस् भन्ने कुरा समयमै ध्यान पुर्याउनुपर्छ । यो युद्ध भएकाले सबैजना अहिले यसैमा केन्द्रित भएर लाग्नुपर्छ भन्न चाहन्छु ।
जनताहरु त नेताहरु धेरै मीठा र चिप्ला कुरामा मात्रै गर्दछन् काम माखो पनि मारेका छैनन्, अहिले सरकारले जतिनै राहतका कुरा गरेपनि हामीजस्ता ज्यालामज्दरी गरेर खानेको लागि केही भएको छैन भनिन्छ नि ?
यो कुरामा सरकारको ध्यान नगएको होइन । अस्ति प्रधानमन्त्रीले पनि यो कुरा उठाउनुभएको थियो । यस विषयमा सरकार एकदमै सम्वेदनशील छ । हिजोमात्रै वीरगन्जमा एउटा धार्मिक भेलामा भारतबाट आएर मानिसहरु बसेका थिए, उनीहरुमध्ये तीन जनामा संक्रमण देखियो । भारतमा यस्तै खालको धार्मिक भेलाबाटै रोग फैलिएको छ । हाम्रो खुल्ला सीमाना छ । प्रधानमन्त्री पनि यो कुरा जोड दिइरहनुभएको नाकामा टाइट गर्नुपर्छ भनेर । हामी त सबै जना सम्वेदनशील छौं । ४, ५ खुल्ला सीमानाको फाइदा उठाउँदै प्रवेश गर्दा यहाँ यस्तो अवस्था सिर्जना भएको छ । त्यसैले सीमानाबाट आफन्त, छिमेकी, भनेर बिनारोकटोट मान्छे आवतजावत गर्नुहुँदैन । रोग नफैलियोस् भन्नका लागि आफूले पनि दुःख पाइदिनुपर्छ । भनेर अस्ति मात्रै भारतका प्रधानमन्त्री मोदीजीसँग कुराकानी भएको छ । त्यसमा भारतीयहरुलाई नेपालमा राख्ने र नेपालीहरु सीमानामा भारतीयहरु राख्ने सहमति भएको छ । रोग नफैलियोस भन्नका लागि हामीले केही दिन दु्ःखकष्ट यसहनुपर्छ ।
देशमा लकडाउन भएको रोगबाट जोगिनका लागि सबैले समर्थन गर्नुपर्छ गरेका पनि छन् तर, यस्तो बेलामा कतिपय ठेकेदारहरु कार्यस्थल नआउँदा मजदुरहरुले खान पाएका छैनन् नि ?
तपाईले उठाएका कुरामा सरकारको ध्यान जानुपर्छ । त्यतातिर सरकार अलि अलमलिएको छ । त्यतिमात्रै होइन यति बेला सरकारले राहतको घोषणा गरेको छ । त्यसको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । उनीहरुले आवश्यकभन्दा बढी राहत बाँडिसकेका छन् । यो त सबैको लागि होइन जो खाननपाएर साच्चिकै मर्ममा परेका छन् । उनीहरुको लागि पो त हो भन्ने प्रश्नसम्म पनि उठेका छन् । यसले के दोउँछ भने लक्षित वर्ग र समुदायले राहत नपाएर अन्य पाएको देखिन्छ । त्यसमा कमीकमजोरी देखिइएको छ । त्यति मात्रै होइन अहिले पूर्वदेखि पश्चिमसम्मका नाकामा भारतबाट नेपालीहरु आएर बसिरहनुभएको छ । उहाँहरुलाई हामी अहिले तपाईंहरु प्रवेश नगर्नुस् भनेका छौं । अहिले सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएका छन् । यस्तो अवसर सरकारलाई कहिल्यै हुँदैन ।
यो सरकारलाई जति प्रतिपक्षलगायत जनताको समर्थन भएपनि २०७६ सालमा जनचाहना अनुसार त काम भएन नि ?
सरकारले राम्रो काम गरेका छौं भन्दाभन्दै पनि प्रधानमन्त्री आफै सन्तुष्ट हुनुहृुन्छ । त्यसैले सरकारले कार्यशैलीलाई परिवर्तन गर्न आवश्यक छ । भोलि जनतासमक्ष जाँदा उनीहरुले खोजेको खण्डमा देखाउने गरी सम्पूर्ण बही, खाता, चुस्त, दुरुस्त बनाएर राख्न जरुरी छ । त्यसैले सरकारको कमीकमजोरी छैन भनेर म भन्दै भन्दिन । धेरै भएका छन्, अबका दिनमा त्यसलाई सच्याएर अगाडि बड्न जरुरी छ ।
सरकारले जनतालाई २०७७ सालमा कस्तो काम गर्ने प्रतिवद्धता व्यक्त गरेर जनतालाई आवस्त पार्दैछ ?
यसभन्दा अगाडि जे–जति कमीकमजोरीहरु भएका छन् । त्यसलाई सच्याउँदै आइन्दा दिनमा भनेअनुसारको काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । सरकार त्यसमा दृढ छ । २०७७ सालमा जनचाहनाअनुसार काम गरेर अगाडि सरकार कठिबद्ध रहने छ । सम्पूर्ण नेपाली जनतालाई नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्