Logo

थपिएका कोरोना संक्रमित दुईजना को को हुन्



काठमाडौं, १ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ दुईजना संक्रमित भेटिएको खुलाएका हुन् ।

संक्रमित देशभित्र भेटिएका १३ औं र १४ औं संक्रमित हुन् । उनीहरुमध्ये एकजना रौतहटका १९ वर्षीय युवक हुन् । क्वारेन्टाइनमा रहेको अवस्थामा उनको नमूना परीक्षण गर्दा पोजेटिभ भेटिएको डा. देवकोटाले जानकारी दिए । उनलाई क्वारेन्टाइनबाट निकालेर अस्पताल लगिएको छ ।

यसैगरी, कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ । लम्किचुआ नगरपालिकाको क्वारेन्टाइनमा रहेकी उनको नमूना परीक्षणबाट पोजेटिभ देखिएको थियो ।

नयाँ कोरोना संक्रमित
१. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
२. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपालिकामा १ वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्