Logo

देशभरका निजी अस्पताल पनि सरकारले सञ्चालन गर्ने तयारी



काठमाडौं, १ वैशाख । सरकारले देशभरका सबै अस्पताललाई आफै संचालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमित बढेसँगै उपचारको दायरा बढाउनुपर्ने भन्दै देशभरका अस्पताल संचालनको तयारी गरेको हो ।

‘के सरकारी के निजी देशैभरीका अस्पतालबाट उपचार गर्नुपर्ने हुन्छ, त्यसैले देशैभरीका अस्ताललाई सञ्चालन गर्न योजनाका साथ मन्त्रालय तयारी अवस्थामा छ,’ स्वास्थ्यमन्त्री ढकालले आज पत्रकार ब्रिफिङमा भने । उनले सरकारको कदममा सबैको सहयोगका लागि आग्रह गरे । उनले सरकारले देशभरका अस्पतालमा उपचार सुचारु र सुलभ गर्न आवश्यक रणनीति समेत बनाएको खुलाए ।

कोरोना संक्रमितको संख्या बढ्दा विरामीको चाप बढ्ने सम्भावना देखिदा स्वास्थ्य मन्त्रालयले नयाँ तयारी गरेको हो । अन्य विरामीको उपचारमा निजी अस्पतालले आनाकानी गरिररहेको खबर आइरहँदा स्वास्थ्य मन्त्रालयले अल्पकालिन रुपमा भएपनि देशभरका अस्पताल आफै संचालन गर्न आफूलाई तयारी अवस्थामा राखेको हो ।

मन्त्री ढकालले कोरोना संक्रमितबाहेकका विरामीहरु उपचारमा थप समस्यामा नपरुन् र सुलभ उपचार होस् भन्नेमा सरकार गम्भीर रहेको बताए । सबै प्रबन्ध मिलाउन सरकार तयार रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्