Logo

१४ कोरोना संक्रमितमध्ये ९ जना भारतसँग सीमा जोडिएका जिल्लाका



काठमाडौं, १ वैशाख । देशभर १४ जना कोरोना भाइरसका संक्रमित भेटिएकामा ९ जना भारतसँग सीमा जोडिएका जिल्लामा पत्ता लागेका हुन् । प्रदेश २ मा मात्र हिजो र आज गरी ४ जना संक्रमित भेटिएका छन् ।

वीरगञ्जमा मस्जिदमा बस्दै आएका तीनजना भारतीय नागरिकमा संक्रमण भेटिएको हो । उनीहरु लकडाउनको समयमै नेपाल छिरेका थिए ।
रौतहटमा कोरोना संक्रमित १९ वर्षीय युवक पनि भारतबाट फर्किएर क्वारेन्टाइनमा थिए । कैलालीमा आज कोरोना संक्रमिति भेटिएकी ६५ वर्षीया महिला वीरगञ्जबाट गाडी चढेर पुगेकी हुन् ।

कैलालीमा यसअघि दुई जना संक्रमित भेटिएका थिए । जसमध्ये एकजना युवक खाडी मुलुकबाट फर्किएका थिए भने अर्की महिला उनकै भाउजु थिइन् । अर्का दुईजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । कैलालीमा मात्र कुल ५ जना कोरोना संक्रमित भई उपचाररत छन् ।

संक्रमित भेटिएका मध्ये भारतसँग सीमा जोडिएका जिल्लामा कुल ९ जना कोरोना संक्रमित हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्