वैशाख ३, काठमाण्डौ । कोरोना भाइरसले सोमबार अमेरिकामा १५ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २५ हजार १९४ पुगेको छ। अमेरिकामा ६ लाख ४ हजार संक्रमितमध्ये १६ हजार ५ सय जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २५ हजार १९४ पुगेको छ। अमेरिकामा ६ लाख ४ हजार संक्रमितमध्ये १६ हजार ५ सय जना नयाँ संक्रमित थपिएका हुन् ।
बेलायतमा सोमबार एकै दिन ७ सय ७८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म ११ हजार १०७ जनाले ज्यान गुमाएका छन् । ९४ हजार संक्रमित मध्ये ५ हजार ३ सय जना नयाँ संक्रमित थपिएका छन् ।
फ्रान्समा कुल मृतकको संख्या १५ हजार ७२९ पुगेको छ । संंक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ ।
इटलीमा एकै दिन ६०२ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २१ हजार ६७ जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ६३ हजार संक्रमित छन् ।
त्यस्तै स्पेनमा एकै दिन ३ सय जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १८ हजार ५६ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ७३ हजार संक्रमित छन्।
अहिलेसम्म इरानमा ४ हजार ६ सय ८३, चिनमा ३ हजार ३ सय ४१, बेल्जियममा ४ हजार १ सय ५७, जर्मनीमा ३ हजार २६१, नेदरल्याण्डमा २ हजार ९ सय ४५, ब्राजिलमा १ हजार ३ सय ७८ र स्विजरल्याण्डमा १ हजार १ सय ७४ जनाको मृत्यु भएको छ । टर्कीमा १२ सय ९६ जनाको मृृृृत्युु भएको छ ।
त्यसैगरि भारतमा ३ सय ६८ जनाको मृत्यु भएको छ भने १० हजार ९ सय ४१ जना संक्रमित छन् ।कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या बुधबार राति १२:५ बजेसम्म १ लाख २५ हजार ६९ जना पुगेको छ। कोरोनाले १९ लाख ८२ हजार जना संक्रमित भएका छन्। त्यस्तै ४ लाख ६६ हजार जना निको भएका छन्।
उपचाररत १३ लाख ९० हजारमध्ये ५१ हजार ३ सय जनाको अवस्था गम्भीर छ ।
उपचाररत १३ लाख ९० हजारमध्ये ५१ हजार ३ सय जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारीले विश्वका २ सय १० वटा देशलाई आक्रान्त बनाएको छ । चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखिएको कोभिड १९ को असर पछिल्लो समय अमेरिका र युरोपका केही देशमा बढी देखिन थालेको छ ।
चीनले भने २ महिनाको लकडाउनपछि संक्रमणलाई लगभग नियन्त्रणमा राखेको छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके, इरान लगायत देशमा हरेक दिन नयाँ संक्रमित भेटिएका छन् ।
सुरुका दिनमा खासै संक्रमित नदेखिएको चीनकै छिमेकी भारतमा पनि पछिल्लो समय संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । एक महिनाभित्रै भारतमा १० हजार भन्दा धेरै संक्रमित भइसकेका छन् । उता युरोपका विकसित देशका लागि पनि महामारी ऐतिहासिक चुनौतीको रुपमा खडा भएको छ ।




प्रतिक्रिया