Logo

अमेरिकाद्धारा विश्व स्वास्थ्य संगठनलाई दिदै आएको सहयोग रकम रोक्ने घोषणा



एजेन्सी, ३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उपलब्ध गराउँदै आएको सहयोग रकम बन्द गर्ने घोषणा गरेका छन् । उनले आज ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाउँदै यस्तो घोषणा गरेका हुन् ।

कोरोना भाइरसको महामारी फैलँदा डब्लुएचओको जिम्मेवारीप्रति ट्रम्पले गम्भीर प्रश्न उठाए । उसले आधारभूत कर्तव्य पालनामा असफलता हासिल गरेको उनको आरोप थियो । यसअघि ट्रम्पले डब्लुएचओ चीनतर्फ ढल्केको आरोप लगाएका थिए ।

अमेरिका डब्लुएचओलाई सबैभन्दा बढी सहयोग रकम दिने देशमा पर्छ । उसले अघिल्लो वर्ष ४० करोड डलर दिएको थियो जुन डब्लुएचओको १५ प्रतिशत बजेट थियो ।

चीनबाट कोरोना भाइरसको संक्रमण देखिदा डब्लुएचओले महामारी नियन्त्रणमा खेल्नुपर्ने भूमिका राम्ररी नखेलेको ट्रम्पको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्