Logo

अमेरिकामा कोरोनाबाट मृतक संख्या २६ हजार नाघ्यो (कुन देशमा कति)



एजेन्सी, ३ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या छ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा कुल ६ लाख १३ हजार ८ सय ८६ संक्रमित भइसकेका छन् । मृतकको संख्या २६ हजार ४७ पुगेको छ । संक्रमण र मृत्युको संख्या विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी हो । अमेरिकामा २४ घन्टामा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकबारे उल्लेख गर्दै हिजो नै रुसी समाचार संस्था तासले विश्वभर संक्रमित संख्या २० लाख उल्लेख गरिसकेको छ । विश्वभर मृत्यु हुनेको संख्या सवा लाख कटिसकेको छ ।

देश         संक्रमित
अमेरिका ६१३८८६
स्पेन १७४०६०
इटाली १६२४८८
फ्रान्स १४३३०३
जर्मनी १३२२१०
बेलायत ९३८७३
चीन ८२२९५
इरान ७४८७७
टर्की ६५१११
बेल्जियम ३१११९
नेदरल्यान्ड २७४१९

स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्