Logo

कोरोना भाइरस जानी जानी सारे १० बर्ष जेल



काठमाडौं, ३ वैशाख । कोरोना भाइरस जस्ता सरुवा रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा जानीजानी अरुलाई सारेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको छ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ मा कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमका संक्रामक रोग फैलाउने वा फैलन सक्ने कुनै पनि काम गर्न नहुने व्यवस्था रहेको छ।

यदि कसैले उक्त व्यवस्थालाई उलंघन गरी नियतपुर्वक वा जानीजानी गरेको भए १० बर्षसम्म कैद र एक लाख रुपैयाँ सम्म जरीवाना हुने व्यवस्था रहेको छ भने लापरवाहीपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको छ।

अहिले माहामारीको रुपमा फैलिरहेको कारोना भाइरस समेत सरुवा रोग भएकाले उक्त रोग जानीजानी अरुमा सारे वा लापरवाही गरे पनि सोहि अनुसारको सजाए हुने छ ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्