Logo

लामाटारमा एक सयभन्दा बढीले गरे रक्तदान



ललितपुर, ३ चैत्र । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले रगतको अभाव भइरहँदा महालक्ष्मी नगरपालिकाको लामाटारमा आज वृहत रक्तदान भएको छ । एक सय ३५ रक्तदाता सहभागी कार्यक्रमको आयोजना महालक्ष्मी नगरपालिका ९ स्तरीय विपद व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाले आयोजना गरेको हो ।

रक्तदानमा उल्लेख्य सहभागीहरु भएको आयोजकका तर्फबाट लामाटारका समाजसेवी शशिधर पोखरेलले जानकारी दिए । त्यस क्षेत्रमा राहत देखि विभिन्न कार्यक्रमहरु योजनावद्ध रुपमा गरिएको उनको भनाई छ । यसअघि स्यानिटाइज गरिएको र हाल राहतको कार्यक्रम बढाइएको जानकारी दिए । लकडाउनको पालना गर्दै सामाजिक दुरी समेत कायम गरी होशियारीपूर्वक कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा लामाटार कृषि बहुउद्देश्यीय सहकारी संस्था, सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था, ब्रम्हपुरी बचन तथा ऋण सहकारी संस्था, जवाफदेही बचत तथा ऋण सहकारी संस्था, कुशल कृषि सहकारी संस्था, बहुपक्षिय कृषि सहकारी संस्था, विकाशसिल बचत तथा ऋण सहकारी संस्थ, बासुकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, मिलीजुली दुग्ध सहकारी संस्थाले सहयोग गरेका थिए । लायन्स क्लब अफ काठमाडौं कोअपरेटर ग्रुपले पनि सहयोग गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्