Logo

देशको सिंगो क्याबिनेटलाई नै कोरोना जोखिममा पार्ने अर्थमन्त्री खतिवडाको महाझुठ



काठमाडौं, ३ वैशाख । कोरोना भाइरसको लक्षण देखिएमा या संक्रमित व्यक्ति वा क्षेत्रसँग सम्पर्कमा पुगेको भएको अवस्थामा कुरा लुकाइएको जानकारी पाएपछि आज स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने- कुरा नलुकाऔं, लुकाएर राखेमा परिवार, समाज र देशलाई कठिन हुन्छ ।

उनले यति भनिरहँदा सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले एउटा गम्भीर विषय लुकाएको खुलेको छ । सनसिटी अर्पाटमेन्टमा उनका छोरा तिलक खतिवडा परिवारको साथमा बस्दै आएका छन् । उनी त्यहाँको कमिटिका सचिव पनि हुन् । खतिवडा ११ चैत्रमा लकडाउनका समयमा सनसिटीमा पुगेका थिए । परिवारलाई भेट्न खतिवडा पुगेका थिए । त्यो उनको व्यक्तिगत विषय हो । तर, सनसिटीमा अहिले दुईजना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरु चैत्रको पहिलो हप्ता बेलायतबाट आएका परिवारका सदस्यहरु हुन् ।

बेलायतबाट नेपाल आएका सनसिटीमा बस्ने परिवारका सदस्य कोरोना भाइरस संक्रमित भेटिएपछि सनसिटी अहिले शिल्ड गर्दै धमाधम टेष्ट भइरहेको छ । लगत्तै अर्थमन्त्री खतिवडा पनि त्यहाँ केही समयअघि पुगेको खुलेको थियो । जसलाई उनले प्रेस संयोजकमार्फत् झुठ बोल्न लगाए । आफू नपुगेको भन्न लगाए ।

खतिवडा सनसिटीमा पुगेको चर्चा चल्नुको बाबजुद उनी मंगलबार बसेको क्याबिनेट बैठकमा सहभागी भए । कोरोना संक्रमित पत्ता लागेको ठाउँमा पुगेका उनी क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । सरकारले यसअघि क्वारेन्टाइनमा बसेकालाई भेट्न पुगेका प्रदेश २ का मन्त्री प्रदीप यादवलाई क्वारेन्टाइनमा बस्न निर्देशन गरेको थियो । तर, अर्थमन्त्री खतिवडाको झुठले माफी पाएको देखिदैछ । सिंगो क्याबिनेटलाई नै जोखिममा पार्ने उनको झुठ महङ्गो सावित हुनसक्छ ।

वास्तविकता के थियो
कोरोना भाइरसका दुईजना संक्रमित भेटिएको सनसिटी अर्पाटमेन्टमा ११ चैत्रमा अर्थमन्त्री डा. युवराज खतिवडा पुगेको थिए । उनी पुगेको रेकर्ड गार्ड कमाण्डर लोकेन्द्र केसीले राखेको देखिन्छ । उनी पुगेको पुष्टि त्यहाँ बस्ने तथा एउटा कमिटिका सदस्य पुष्कर रेग्मीले गरेका छन् ।
अर्थमन्त्री खतिवडा ११ चैत्रको साँझ ५ः१३ मा प्रवेश भएको र ५ः५५ मा निस्केका थिए । उनको बा २ झ ३७३३ नम्बरको झण्डावाला गाडी थियो भन्ने पुष्टि भएको छ । अर्पान्टमेन्टको कमिटिका सदस्य पुष्कर रेग्मीले मन्त्री खतिवडा त्यहाँ ११ चैत्रमा पुगेको स्पष्ट पारे । तर, ८ चैत्रमा त्यहाँ कमिटिको चुनाव भएको र नपुगेको बताए । उनले भने, चुनाव भएको दिन उहाँ आउनुभएको थिएन । उनले थपे, ११ चैत्रमा उहाँ आउनुभएको हो । अर्थमन्त्री खतिवडाको दुई देखि तीनसम्मको अर्पाटमेन्ट रहेको जानकारी दिए ।

सनसिटीमा कोरोना भाइरसको संक्रमित भेटिएको खुलासा भइसकेपछि पनि कुरा लुकाउँदै अर्थमन्त्री खतिवडा क्याबिनेटमा सहभागी भई नियमित कार्यालय जाने र अन्य मानिसहरुलाई भेट्ने गर्दै आएका छन् । उनी स्वयं मन्त्री क्वार्टर पुलचोकमा बस्छन् । कुरा लुकाएर उनले धेरैलाई जोखिममा पारेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको पछिल्लो भनाईले पनि देखाउँछ ।

सनसिटीमा बस्नेहरुको कोरोना टेष्ट भइरहेको छ भने संक्रमितसँग सम्पर्कमा आएकाहरु र पुगेकाहरुको पनि टेष्ट भइरहेको छ । तर, अर्थमन्त्री खतिवडा झुठ बोलेर कोरोना भाइरसको रोकथाम सम्बन्धि सरकारको नीतिलाई नै चुनौती दिदै सक्रिय छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्