Logo

कोरोना भाइरस संक्रमित २० लाख नाघ्यो



एजेन्सी, ३ वैशाख । विश्वभर कोरोना भाइरसको संक्रमित २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २८ हजार नाघेको छ ।

संक्रमितको कुल संख्या २० लाख २३ हजार २ सय ८५ पुगेको छ । मृतकको संख्या १ लाख २८ हजार ८ सय ४१ पुगेको छ ।

सबैभन्दा बढी अमेरिकामा ६ लाख १४ हजार संक्रमित छन् । स्पेनमा १ लाख ७७ हजार संक्रमित छन् । इटालीमा १ लाख ७७ हजार संक्रमित संख्या पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्