Logo

बेलायतले कोरोना संक्रमित संख्यामा चीनलाई उछिन्यो



एजेन्सी, ३ वैशाख । बितेको २४ घन्टामा चार हजारभन्दा बढी संक्रमित बढेसँगै बेलायतले चीनलाई संक्रमित संख्यामा उछिनेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ ।

बेलायतमा ९८ हजार ४ सय ७६ जना संक्रमित भएका छन् । यो चीनको भन्दा १६ हजारले बढी हो । योसँगै बेलायत एक लाखभन्दा बढी संक्रमित संख्या भएको मुलुकको सुचीमा पर्ने अवस्थामा छ ।

बेलायतमा झण्डै १३ हजारको मृत्यु भएको छ । बेलायतभन्दा जर्मनीमा संक्रमित बढी भएपनि मृतक संख्या तुलनात्मक रुपमा कम छ ।
बेलायतमा राजकुमार चाल्र्स देखि प्रधानमन्त्री बोरिस जोन्सन समेत संक्रमित भएर निको भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्