Logo

जीवनमा सफलता प्राप्त गर्न पितासँग सिक्नुपर्ने ५ कुरा



एक पिता आफ्नो बच्चाको जिन्दगीमा धेरै अर्थ राख्छन् । एक बुवा विद्यालयको सयौ शिक्षक भन्दा पनि बढी हुन्छन् । पढाई र रोजगारको कारण हामी बुवाबाट टाढीन्छौ तर सानो सानो कुरामा उनको सल्लाह लिन आवश्यक सम्झन्छौ । किनकी बुवा आफ्नो जीवनको अनुभवबाट हामीलाई सहि शिक्षा दिन्छन् र सहि मार्ग देखाउछन् । आउनुहोस् बुवाबाट सिक्नुपर्ने आवश्यक चिज जसले तपाइँको जीवनमा परिर्वतन ल्याईदिन्छ ।

  • कठिन मिहेनतः विश्वका धेरै पिता मेहेनती हुन्छन । उनि आफ्नो परिवारको आवश्यकता पुरा गर्नको लागि जोखिम खालका काम गर्न पनि चुक्दैनन् ।
  • अर्कोसँग सिक्नः एक पिता अरुसँग केही कुरा सिक्न पनि संकोच मान्दैनन् । यदि आवश्यक परेमा बच्चाबाट पनि सिक्न सकिन्छ । अरुसँग सिक्ने गुण भएमा सधै सफलता हात पर्छ ।
  • सबैको ख्याल राख्नः चाहे जति ठुलो परिवार किन नहुन्, एक बाबुले आफ्नो परिवारको सदस्य सम्झिरहन्छन् । जहाँ उनको आवश्यक पर्छ त्यहाँ उपस्थित हुन्छन् । पारिवारीक जिम्मेवारी कसरी निभाउने एक पिताबाट सिक्न सकिन्छ । कसरी अरुलाई खुशी राख्ने यसको पहिलो पाठशाला बाबु हुन् ।
  • माफ दिनः धेरै मानिसहरु अर्काको गल्तिलाई दिलमा बसाएका हुन्छन् तर माफ दिँदैनन् । यदि दुनिया कै सबै पिता यस्तै भएमा बच्चाहरुको कस्तो हालत होला यसैले हामी सबैले बुवाबाट यो गुण सिक्नु आवश्यक हुन्छ ।
  • हारमा पनि जितःकयौ पटक परिवारमा दुःख आउछ, दुःखमा पिताले सोचेर कदम उठाउनु पर्ने हुन्छ र धैर्यता कायम राख्दै अगाडी बढेमा जीत अवश्य हुन्छ ।


प्रतिक्रिया दिनुहोस्