Logo

वैवाहिक जीवन सुखद बनाउने सुत्र



विवाह पछि जिन्दगी ‘मेरो’बाट ‘हामी’ शुरु हुन्छ, र हरेकले आफ्नो दाम्पत्य जीवन सुखी र खुशी राख्न चाहान्छन् । पति र पत्निबिच बाधिएको डोरी निकै नाजुक हुन्छ र यसैले प्रत्येक पति पत्नि चाहान्छन कि सम्बन्ध सधै मिठास बनीरहोस् । जति नै जतन गर्दा पनि सानो सानो कुराको कारण सम्बन्धमाखटपट आइरहन्छ । यदि पति पत्निबीच एक अर्कामा भरोसा नगरेमा सम्बन्ध धेरै दिनसम्म चल्न सक्दैन । सम्बन्धमा आउने खटपटलाई दुर गर्न केही कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

  • म तिमीलाई माया गर्छु भन्नः आफ्नो वैवाहिक जिन्दगी खुशी र सुखी हुनलाई दैनिक बिहान उठेर आई लव यु भन्नु पर्छ । यसले विस्तारै विस्तारै सम्बन्धमा सुधार गर्दछ ।
  • बहस नगर्नेः हरेक सानो सानो कुरामा बहस गर्नु हुँदैन ।आफुले कुन कुरा बहस गर्न ठिक र कुन कुरा नगर्दा ठिक हुन्छ त्यसमा ध्यान दिनुपर्छ ।
  • डेटिङ जानेः विवाह पछि पनि डेटमा गई फेरी एक आपसमा माया साट्दा ताजा महसुस हुन्छ ।
  • अतीतको कुराः पहिलो भेट कहाँ भयो, पहिलो उपहार के थियो, कसले कहिले आइृ लव यु भन्यो जस्ता कुराले पनि वैवाहिक जीवन खुशी हुनसक्छ ।
  • एक अर्कालाई बुझ्नु आवश्यकः मानिसको व्यक्तित्व फरक फरक हुनुको साथै उसको रहनसहन र सोच्ने तरीकिा फरक हुन्छ । दुईटैको दायित्व एक अर्कामा इज्यत गर्नु र मानसम्मान दिनु हो ।


प्रतिक्रिया दिनुहोस्