Logo

लकडाउनमा विप्लव नेता-कार्यकर्ता धमाधम पक्राउ



काठमाडौ, १८ वैशाख । सरकारले लकडाउनमा पनि नेत्रविक्रम चन्द विप्लव समूहका नेता-कार्यकर्तालाई पक्राउ गर्ने क्रम जारी राखेको छ । सुर्खेतमा विप्लव समूहका कार्यकर्ता पक्राउ परेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनार पक्राउ परेका हुन्। हिमाल नाम गरेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कोरोना त्रासका केही दिन पहिला सुनार घरमा आएर बसिरहेका थिए। होम क्वारेन्टाइनमा बसिरहेका उनलाई प्रहरीले बिहीबार बिहान वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुनार विप्लव समूहका सुर्खेत जिल्लाका पूर्व इञ्चार्जसमेत हुन्। उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टी गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचनाअधिकारी गोपाल रायमाझीले सुराकीको आधारमा उनलाई वीरेन्द्रनगर–४ कुमाइचौकबाट पक्राउ गरिएको जानकारी दिए ।

यसअघि लकडाउनकै बखत विप्लव समूहका नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्रबहादुर चन्दसहित चारजना पक्राउ परेका थिए । बिनोद चन्द ठकुरी, केन्द्रीय सदस्यहरु कमल आरसी र प्रेम केसी पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्