Logo

५ वर्षिया बालिका बलात्कृत



झापा, १८ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिकाका निश्चल राईलाई पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाइ फकाई नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्