महिलामाथी हातपात तथा कुटपिट


बर्दिया, १८ वैशाख । महिलालाई हातपात तथा कुटपिट गरेको अभियोगमा प्रकाश थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महिलालाई हातपात तथा कुटपिट गरेको अभियोगमा बारबर्दिया नगरपालिकाका थारु पक्राउ परेका छन् ।

ती महिला आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्ने उद्देश्यले थारु घरभित्र प्रबेश गरी महिलालाई हातपात गर्नुका साथै कुटपिट समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।