भारतीय दूतावास घेर्न पुगेका कृष्ण पहाडीसहित ३० जना पक्राउ (भिडियोसहित)


काठमाडौं, ३० वैशाख । काठमाडौंको लैनचौरस्थित् भारतीय दूतावास घेर्न पुगेका शान्ति समाज नेपालका अभियन्ताहरु पक्राउ परेका छन् । कृष्ण पहाडीसहित करिक ३० जना दूतावासको लाजिम्पाटतर्फको गेटअघिबाट पक्राउ परेका हुन् ।

भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालमा भारतीय कदमको चौतर्फी विरोध भेरहेको छ । विभिन्न संघ, संस्थाहरु, विभिन्न पार्टीका भातृ संगठनहरुले भारतविरुद्ध दैनिक विरोध तथा प्रदर्शन गरिरहेका छन् । तस्विर तथा भिडियो : अमृत खतिवडा/रिपोर्टर्स नेपाल डटकम