Logo

बजेट आएलगत्तै नेकपामा विवाद सुरु, प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई



काठमाडौं, १६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसी बजेटमा घुसाईएको विषयलाई लिएर पूनः विवाद सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यस सम्बन्धमा गुनासो राखेका छन् । पार्टीका अन्य नेताहरुले अध्यक्ष दाहाललाई भेटेरै यस सम्बन्धमा दबाब दिएपछि उनले आज प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । दाहालले पार्टीभित्र सहमति नगरीकन किन एमसीसी बजेटमा घुसाईयो ? भन्ने जिज्ञासा राखेका थिए । दाहालले भोलि नै सचिवालय बैठक डाक्न आग्रह गरेका थिए । दुई अध्यक्षबीच आज भएको भेटवार्तामा भोलि विहान ९ बजे सचिवालय बैठक राख्ने सहमति भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले हिजो (बिहीबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७र७८ का लागि पेश गरेको बजेटमा लप्सीफेदी(रातामाटे(हेटौंडा र लप्सीफेदी(रातमाटे(दमौली(बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख गरेका छन् । र, बजेटमा अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ । योसँगै नेकपाभित्र एमसीसी सम्झौता पारित गराउनेगरि प्रधानमन्त्री ओली अघि बढ्न लागेको नेताहरुले निश्कर्ष निकालेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्