Logo

रुकुमपश्चिम घटना : निष्पक्ष छानबिन गर्न माग गर्दै गृहमन्त्री थापासमक्ष ज्ञापनपत्र



काठमाडौँ १८ जेठ  : विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, पूर्वमन्त्री दलजीत श्रीपाइली र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद् जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले आज गृहमन्त्री थापासँग भेट गरी रुकुम घटनामा मृत्युवरण गरेका युवालाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

चौरजहारी –८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र यही जेठ १० गते साथीहरु लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको आरोप छ । नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीका घरमा गएका अन्य पाँचजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अझै एक जना बेपत्ता छन् ।

निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले देशैभरि प्रदर्शन गर्दै आएका छन् । सो अवसरमा गृहमन्त्री थापाले रुकुम घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा दण्ड र सजाय दिन प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्