Logo

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या छ सय भन्दा बढी



जनकपुरधाम, १८ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका चार जिल्लाका ६४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । पछिल्लो समयमा रौतहटबाट २८, धनुषाबाट २१, सर्लाहीबाट १० र पर्साबाट पाँचजना थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो । थपिएका नयाँ सङ्क्रमितहरुमध्ये अधिकांश भारतको गुजरात लगायतका ठाउँबाट आएपछि क्वारेन्टिन गरिएको थियो ।

थपिएका ६४ जनामध्ये धनुषाको जनकपुरस्थित गोपाल धर्मशालास्थित क्वारेन्टिनका १९, १९, २०, २१, २३, २४, २७, २७ र २७ वर्षीय गरी नौजना पुरुष, मुखियापट्टि मुसहरनियास्थित तुलसियाही क्वारेन्टिनका २४, २५, २६, २७, २८, ३०, ४५, ४६, ३५, ३५, ३५ वर्षका गरी ११ पुरुष र गणेशमान चारनाथ नगरपालिका–४ स्थित दुखनीदेवी नर्सिङहोमका एकजना २१ वर्षीय पुरुष छन् । त्यस्तै, सर्लाहीको हरिपुरस्थित क्वारेन्टिनका १५, २४, ३४, ५०, ४० र एकजना उमेर नखुलेका पुरुष गरी सात र ब्रह्मपुरीस्थित रामविलास मावि क्वारेन्टिनका २५, २८ र ४८ वर्षको पुरुष गरी तीनजना छन् ।

यसैगरी, रौतहटका दुर्गाभगवती गाउँपालिकास्थित गङ्गापिपरा मावि क्वारेन्टिनका १७, २२, २३, २९, ४५, ३५, ४०, २५ र २५ वर्षका गरी आठजना पुरुष छन् । इशनाथ नगरपालिका–७ स्थित क्वारेन्टिनका २०, २०, १७, १९, २१, २२, २४,२७, ३६, ४५ र ५० वर्षका गरी ११ पुरुष र सोही नगरपालिका–८ का जोगहा मदरसा क्वारेन्टिनका ४, ८, १२ वर्षका तीन बालकका साथै ३०, ३०, १८, २२, ४५ र ५२ वर्षका गरी नौजना छन् । सोही अनुरुप, पर्साको पर्टेवास्थित क्वारेन्टिनका एक २५ वर्षीया महिलाका साथै २२, २२, २५ र ३६ वर्षका पुरुष गरी पाँचजना सङ्क्रमित पुष्टि भएको हो ।

स्वाब र क्वारेन्टिनको अवस्था

यस प्रदेशमा भारतबाट फर्कनेहरुको चाप बढ्दै गएपछि क्वारेन्टिनको सङ्ख्यामा पनि निरन्तर रुपमा वृद्धि भइरहेको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १० वटा थपेर क्वारेन्टिनको सङ्ख्या ३८१ पु¥याएको सचिव डा घिमिरेले जानकारी गराउनुभयो । ती क्वारेन्टिनहरुमा २७ हजार ९० श्ययाको व्यवस्था गरिएको छ । अहिले १८ हजार ८३० जनालाई क्वारेन्टिन गरिएको छ र होम क्वारेन्टिनमा पाँच हजार ५४५ र आइसोलेशनमा ७७४ जना बसेका छन् ।

यस प्रदेशमा आजसम्ममा १४ हजार २९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । नौ हजार ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ६१९ जनाको रिपोर्ट आउन बाँकी छ । त्यस्तै, ६ हजार ६३१ जनाको आरडिटी माध्यमबाट परीक्षण गर्दा ४१ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने ६ हजार ५९० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्