Logo

नयाँ नक्शासम्बन्धी विधयेक चाँडै संसदबाट पारित हुने, आजै राजपत्रमा



काठमाडौं, १८ जेठ । सरकारले नेपालको नयाँ नक्शा अनुमोदन गर्न संसदमा विधयेकका रुपमा पेश गरेको दिननै राजपत्रमा प्रकाशित गरेको छ । संविधान बमोजिम प्रतिनिधि सभाको बैठकमा पेश भएको ३० दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था बमोजिम आजै प्रकाशन गरेके हो । यसको अर्थ अब विधयेक चाँडै सदनमा निर्णयार्थ प्रस्तुत गरी पारित गरिनेछ ।

नयाँ नक्शा संसदको दुई तिहाईबाट पारित गरेपछि मात्र यसले वैधानिकता पाउनेछ । त्यसैले आज सरकारका तर्फबाट कानुनमन्त्री डा. शिवमाया तुम्वाहाम्फेले संसदमा नक्शा संशोधनसम्बन्धी विधयेक प्रस्तुत गरेकी छिन् । पारित गर्नकै लागि प्रक्रिया चाँडो बढाइएको छ ।

‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रतिनिधिसभामा पेश भएकोमा यति चाँडो पारित गर्न लागिएको हो । नयाँ नक्शामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश छ । उक्त भुभागमा भारतीय सेना तैनाथ छ । नेपालले उक्त क्षेत्र आफ्ना भएकोले अडान राखेको छ ।



प्रतिक्रिया दिनुहोस्