Logo

लकडाउनमा कलाकारले विभिन्न परिकार बनाएर फेशबुकमा पोष्ट गरेकोमा जितु नेपाल बेखुशी



काठमाडौं, १८ जेठ । चर्चित हाँस्यकलाकार जितु नेपालले लकडाउनको अवधिमा कलाकारले नयाँ-नयाँ परिकार बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकोमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेपालले कलाकारहरुले लकडाउनमा खाएको कुरा देखाउने हो ? भन्दै प्रश्न गरेका छन् । बरु, उनले यो लकडाउनलाई पनि सिर्जनशील काममा व्यस्त राख्न कलाकार साथीहरुलाई आग्रह गरेका छन् । त्यस्तै, उनले लकडाउनको समयमा अप्ठ्यारोमा परेका विपन्न तथा गरिब वर्गलाई राहत वितरण गर्दा फोटो नखिच्नपनि सबैलाई आग्रह गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot