Logo

कोरोना कहरमा लिखु गाउँपालिकाको चासो राख्दै सरोकारवाला जुटे



काठमाडौं, १८ जेठ ।  ओलखढुंगाको लिखु गाउँपालिकाबाट काठमाडौ आइ बसोबास गरेका र कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई ओखलढुंगा केन्द्रीत सबै संघसंस्थाहरुले एकद्वार प्रणाली लागू गरी संयुक्त रुपमा राहत वितरण गर्ने भएकाछन् ।

आइतबार ओखलढुंगाका राजनीतिक दलका प्रतिनीधिसहित बसेको बैठकले मारमा परेका ओखलढुंगाका जनतालाई राहत वितरण गर्ने निर्णय भएको छ । ओखलढुंगा विपद व्यवस्थापन समितिका सह अध्यक्ष गुरु केदार बरालले बन्दाबन्दीको कारण ओखलढुंगाबाट काठमाडौ आई बसेकाहरुको रोजगार गुमेको हुनाले रोजगार गुमेकाहरुलाई राहत वितरण गरिने जानकारी दिए । उनले उक्त राहत आबश्यक परेका नागरिकहरुको पहिचान गरि बितरण गर्ने र स्थानीय स्तरमा हालसम्म गाउँ पालिकाबाट राहत बितरण नभएको हुँदा सबै ९ वटै वडाहरुका पहिचान गरिएका बिपन्न नागरिकहरुलाई यथाशिघ्र राहत उपलब्ध गराउन गाउँपालिकालाइ संयुक्त रुपमा अनुरोध गर्ने निर्णय गरेको बताए ।

ओखलढुंगा बिपद ब्यबस्थापन समाजको सहजिकरणमा “कोरोनाको महामारी र यस परिवेशमा स्थानीय तहका सरकारी तथा गैरसरकारी संस्थाको भूमिका“का बिषयमा छलफल छलफल भएको थियो । पहिलो चरणमा ओखलढुंगाको लिखु गाउँ पालिकाको बिकास र समृद्दिका लागि स्थापित संघ संस्था र राजनीतिक दलका प्रतिनिधीहरु सहितको संयुक्त बैठक सम्पन्न भएको हो । कोरोनाको महामारी र यस परिवेशमा स्थानीय तहका सरकारी तथा गैरसरकारी संस्थाको भूमिकाको विषयमा पनि छलफल भएको थियो ।

बैठकमा काङ्ग्रेस नेता बालकृष्ण दाहाल, ने.क. पा. नेता नानीबाबु बुढाथोकी, काङ्ग्रेस यूवा नेता कुमार लुइटेल, ओखलढुंगा बिपद ब्यबस्थापन समाजका सह अध्यक्ष गुरु केदार बराल, पोकली झरना सेवा समाजका अध्यक्ष मिलन बिष्ट, महासचिब शम्भु बराल, गाम्नाङ्टार सेवा समाजका अध्यक्ष चित्र थापा, यसम सेवा समाजका अध्यक्ष सुर्य पाण्डे, नेपाली काङ्रेस लिखु( काठमाडौ सम्पर्क समितिका अध्यक्ष बद्री कार्की, सचिब देबेन्द्र पाण्डे लगाएतको उपस्थिती रहेको थियो।



प्रतिक्रिया दिनुहोस्