Logo

पेरिसमा पार्कहरु खुल्न थाले



पेरिस, १८ जेठ । फ्रान्सको पेरिसमा यो महिनामा पहिलोपटक हिजो (शनिबार) पार्क र बगैंचा खोलिएका छन् । पेरिसका विभिन्न पार्कस्थलमा पहिलो पटक पिकनिक मनाइरहेको तस्विर समेत देखिएका छन् । यद्यपि कोरोनाका कारण लगाईएको लकडाउन जारी नै छ । लकडाउनका प्रावधानहरू अझै लागू हुन्छन्।

लकडाउन अवधि भएकोले यो समयमा सामाजिक दूरी भने सबैल्े पछ्याउनुपर्ने अनिवार्य गरिएको छ । १० भन्दा बढी व्यक्तिहरू एक ठाउँमा भेला हुन पाईँदैन् । र, उनीहरुलाई फेस मास्कको प्रयोग अनिवार्य छ। क्याफे र रेस्टुरेन्ट भने फ्रान्समा मंगलबारबाट खुल्दैछन् । एजेन्सी/Photo Source: EPA



प्रतिक्रिया दिनुहोस्