Logo

दरबार हत्याकाण्डः दीपेन्द्रको हत्या कि आत्महत्या ?



१९ जेष्ठ २०५८ मा तत्कालिन युवराज दीपेन्द्र शाहको हत्या भएको थियो । औपचारिक छानविनले राजा वीरेन्द्र र रानी ऐश्वर्यासहित राजपरिवारका सदस्यहरुमाथि गोली चलाएपछि दीपेन्द्रले आत्महत्या गरेका थिए । तर, यसमा धेरै आशंका र प्रश्नहरु उठे ।

बाहिर फैलिएको हल्लाअनुसार दिपेन्द्रको देव्रे टाउकोमा गोलीको दाग थियो । अर्थात उनलाई गोली देव्रे टाउकोमा लागेको थियो । जबकि उनी दाहिने हात प्रयोग गर्थे । दाहिने हात चलाउनेले कसरी देव्रे टाउकोमा आफै गोली हान्न सक्छन् ? यसर्थ धेरैको विश्वास छ, दरबार काण्डमा दिपेन्द्रको संलग्नता बनावटी कुरा मात्र हुन् ।

धेरै नेपाली नागरिकहरू यसलाई रहस्यमय हत्याकाण्डकै रूपमा लिन्छन् । यस्ता दाबी समेत आएका छन् जसमा दुई व्यक्ति जसले युवराज दिपेन्द्रको मुखुण्डो लगाएका थिएले दरबार हत्या काण्डको विध्वसं मच्चाएका थिए । दरबार हत्याकाण्डमा दश राजपरिवार सदस्यको हत्या भएको थियो । यो आधुनिक नेपलाको कहालीलाग्दो र रहस्यमय घटना हो ।

सरकारी आधिकारिक भनाइअनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूलाई आमसंहार गरेका थिए । किनभने उसको विवाहको बारेमा परिवारमा विवाद चुलिएको थियो । विवाद सृजनाले उनी अत्यन्त रूस्ट थिए । दिपेन्द्रको चाहना थियो दुलहीको रूपमा देवयानी राणालाई दरबार भित्याउने । देवयानी राणा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाका छोरी हन् । राणा वेराज इतिहासमा पशुपती शम्शेर राणाहरू ‘ग’ वर्गका राणाहरू हुन् । राणा र शाह खानदानबीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो । यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूस“ग मात्रै विवाह गर्दथे । ‘क’ श्रेणीका राणाहरूले आफूलाई श्री ३ घोषित गर्दै २००७ साल सम्म नेपालमा आफ्नो शाषन चलाएका थिए । जसलाई हामी १०४ वर्षको राणा शासन भनेर बुझ्दछौं । यी दुई महाराज वंशजहरूको नेपालमा वैवाहिक सम्वन्धको लामो इतिहास छ ।

सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरूद्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् । यसैकारण, दिपेन्द्रले नियमित शाहीभोजमा परिवारको हत्या गरिदिएका हुन् । उनले धेरै मादकपदार्थ पिएका थिए । मृतकहरूमध्ये दिपेन्द्रका बुवा तत्कालीन राजा वीरेन्द्र, आमा, भाइ र बहिनी पनि थिए । भनिन्छ— त्यसपछि दिपेन्द्रले आफ्नै टाउकोमा पेस्तोल पड्काए । दिपेन्द्रले तीन दिनसम्म कोमामा मृत्युसँग सङ्घर्ष गरे । यसै बेला अस्पतालको शैयामै उनलाई राजा घोषित गरिएको थियो । उनको जुन ४ मा मृत्यु भयो । लगत्तै उनका काका ज्ञानेन्द्र राजा भए । Photo Source: Getttyimages



प्रतिक्रिया दिनुहोस्