Logo

वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड २० वर्ष पुग्यो, रहस्य अझै खुलेन



रिपोर्टर्स नेपाल, १९ जेठ । तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पुरा गरी वर्ष पुगेको छ । आजभन्दा ठिक १९ वर्ष अघि २०५९ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो ।

नेपालको राजनीतिलाई नयाँ मोडमा लाने उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको छ । सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ ।

वीरेन्द्रको सन्तानका रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत कुल १० जनाको दरबार हत्याकाण्डमा ज्यान गएको थियो । यो घटना राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चामा आएको थियो । घटनाको मुख्य कारण दीपेन्द्र शाह र देवयानी राणाको प्रेमसम्बन्ध रही विवाह गर्न खोज्दा परिवारले नमानेपछि आक्रोशित भई स्वचालित हतियार चलाउँदा भएको भनिएको छ । तर, घटनाबारे अझै आशंका मेटिएको छ ।

दीपेन्द्र शाह

दरबारभित्रको शक्तिसंघर्षले उक्त घटना भएको आशंका गर्नेहरु पनि छन् । यसमा विदेशीको हात रहेको भन्दै शंकाहरु नउठेका होइनन् । तर, त्यसको औपचारिक रुपमा पुष्टि हुनसकेको छैन । नेपालको इतिहासको एउटा कालो रातका रुपमा १९ जेठ २०५८ को शुक्रबार साँझलाई लिइएको छ ।

दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो । त्यसपछि संविधानसभाको चुनाव भई २०६५ सालमा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशको शासन अन्त भएको थियो । यसकारण पनि दरबार हत्याकाण्डमै पछिसम्मको राजनीतिक परिवर्तनको योजना थियो कि भन्ने शंका गर्ने ठाउँ बनेको छ ।



प्रतिक्रिया दिनुहोस्