Logo

कोरोनाले भारतका लोकप्रीय संगितकार वाजिद खानको मृत्यु



एजेन्सी, १९ जेठ । भारतका लोकप्रीय संगितकार वाजिद खानको निधन भएको छ । कोभिड १९ को संक्रमणले उनको निधन भएको हो ।

साजिद वाजिद दाजुभाईको जोडी भारतको मनोरञ्जगत जगतमा निकै लोकप्रीय नाम थियो । उनीहरु टीभी रियालिटी शोमा पनि सँग आउने गर्थे ।

केही दिनअघि कोरोना भाइरसको संक्रमणपछि ४२ वर्षीय वाजिद खानलाई अस्पताल लगिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर पनि बचाउन नसकिएको पीटीआइले जनाएको छ । चार दिनसम्म भेन्टिलेटरमा राख्दा किड्नीमा समस्या देखिएपछि वाजिदको मृत्यु भएको थियो ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा वाजिद पहिलो हाइप्रोफाइल बनेका छन् । गायक सोनि निगमले ट्वीटमार्फत वाजिदको मृत्यु भएको पुष्टि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्