Logo

पानको पात यसरी गाउँथे युवराज दिपेन्द्र ( भिडियोसहित)



दरबार हत्याकाण्डका मुख्य पात्र युवराज दीपेन्द्र शाह बहुप्रतिभाशाली थिए । उनी लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे ।

जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे ।पढाईमा समेत अब्बल थिए । पीएचडी गर्ने धोकोका साथ भूगोल अध्ययन गरेका थिए । भूगोल कठिन विषय हो । उनी भूगोलमा एमए गरिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट भूगोलका गोल्ड मेडलिष्ट पनि हुन् । दीपेन्द्र खेलकुदमा पनि अब्बल थिए । उनको मनपर्ने खेल बक्सिङ थियो । आफै बक्सिङ पनि खेल्थे ।

उनमा केही खराब लत पनि थियो । भनिन्छ उनी बेला बेलामा लागूपद्धार्थ सेवन गर्थे । विशेषगरी गाँजा र कहिलेकाहीं चरेश सेवन गर्थे । दरबार हत्याकाण्डमा पनि उनले कालो पद्धार्थ सेवन गरेको भनिएको छ । त्यो कालो पद्धार्थबारे स्पष्ट नभएपनि चरेशको शंका गरिएको छ ।
दरबार हत्याकाण्ड हुँदा उनी २९ वर्षका थिए । विवाहको विषय चलिरहेको थियो ।

राजदरबार हत्याकाण्ड छानविन आयोगकाअनुसार पारिवारिक भोजमा उनैले आफ्ना परिवारहरूको हत्या गरिदिएका हुन् । यो जुन १, २००१ को साँझको कुरा थियो । आयोगले दीपेन्द्रले आफ्ना पिता–माता, भाइ–बहिनीलगायतको हत्या गरी आफूले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरेको जनाएको थियो ।

सरकारले गठन गरेको आयोगको आधिकारिक भनाइअनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूलाई आमसंहार गरेका थिए । किनभने उसको विवाहको बारेमा परिवारमा विवाद चुलिएको थियो । विवाद सृजनाले उनी अत्यन्त रूस्ट थिए । दिपेन्द्रको चाहना थियो दुलहीको रूपमा देवयानी राणालाई दरबार भित्याउने । देवयानी राणा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाका छोरी हन् । राणा वेराज इतिहासमा पशुपती शम्शेर राणाहरू ‘ग’ वर्गका राणाहरू हुन् । राणा र शाह खानदानबीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो । यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूस“ग मात्रै विवाह गर्दथे । ‘क’ श्रेणीका राणाहरूले आफूलाई श्री ३ घोषित गर्दै २००७ साल सम्म नेपालमा आफ्नो शाषन चलाएका थिए । जसलाई हामी १०४ वर्षको राणा शासन भनेर बुझ्दछौं । यी दुई महाराज वंशजहरूको नेपालमा वैवाहिक सम्वन्धको लामो इतिहास छ ।

सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरूद्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् । यसैकारण, दिपेन्द्रले नियमित शाहीभोजमा परिवारको हत्या गरिदिएका हुन् । उसबखत उनले धेरै मादकपदार्थ पिएका थिए । मृतकहरूमध्ये दिपेन्द्रका बुवा तत्कालीन राजा वीरेन्द्र, आमा, भाइ र बहिनी पनि थिए । भनिन्छ— त्यसपछि दिपेन्द्रले आफ्नै टाउकोमा पेस्तोल पड्काए । दिपेन्द्रले तीन दिनसम्म कोमामा मृत्युसँग सङ्घर्ष गरे । यसै बेला अस्पतालको शैयामै उनलाई राजा घोषित गरिएको थियो । उनको जुन ४ मा मृत्यु भयो । लगत्तै उनका काका ज्ञानेन्द्र राजा भए ।



प्रतिक्रिया दिनुहोस्