Logo

विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिकलाई कोरोना संक्रमण



एजेन्सी, ९ असार । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई कोरोना भाइरसको संक्रमण भएको छ । विश्व प्रशिद्ध टेनिस स्टारहरुलाई कोरोना संक्रमण भएको खबर आइरहँदा जोकोभिक संक्रमित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

३३ वर्षीय सर्वियाली खेलाडी जोकोभिकलाई संक्रमण भएपछि अन्य खेलाडी समेत सतर्क भएका छन् । उनको शिघ्र स्वास्थ्य लाभको कामना हुन थालेको छ । परिवारसहित बेलग्रेड पुगेपछि नमुना परीक्षणका क्रममा संक्रमण देखिएको हो । तर, उनमा कुनै लक्षण नभेटिएको बताइएको छ ।

यसअघि अर्का टेनिस स्टार डिमिट्रोभलाई कोरोना संक्रमण पत्ता लागेको थियो । यी दुई खेलाडी केही समय अगाडि बास्केटबल खेल्दाको तस्बिर सार्वजनिक भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्