Logo

ला लिगाको उपाधि होड रोमाञ्चक, रियल फेरि शीर्ष स्थानमा फर्कियो



मड्रिड, ११ असार । स्पेनिस लिग फुटबल ला लिगामा रियल मड्रिडले मालोर्कालाई हराएको छ । यो जीतसँगै रियल पुनः शिर्ष स्थानमा फर्किएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २–० ले पराजित गर्दै रियलले शिर्ष स्थानको बार्सिलोनालाई उछिनेको हो ।

रियलको जीतमा भिनिसियस सुनियर र कप्तान सर्जियो रामोसले एक-एक गोल गरेका हुन् । जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड-टु-हेडको आधारमा रियालले बार्सिलोनालाई उछिनेको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्