Logo

युभेन्ट्सद्धारा लेची ४-० ले पराजित, लिगमा रोनाल्डोको २३औं गोल



ईटाली, १३ असार । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लेचीलाई ४–० ले पराजित गरेको छ । यो सँगै उसले लिगको दोस्रो स्थानको लाजिओसँगको अंक दूरी सात बनाएको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको युभेन्टसले चारै गोल दोस्रो हाफमा गरेको हो । ३१ औँ मिनेटमा फाबियो लुचिओनी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेची १० खेलाडीमा सीमित भएको थियो ।

युभेन्टसका लागि ५३ औँ मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर पारे । गोन्जालो हेगुइनले ८३ औँ तथा माथेज डी लिग्टले ८५ औँ मिनेटमा गोल गरेपछि युभेन्टस ४–० ले विजयी भयो । लिगमा रोनाल्डोले यो सिजन २३औं गोल गरेका छन् । जीतपछि शीर्ष स्थानको युभेन्टसको २८ खेलबाट ६९ तथा दोस्रो स्थानको लाजिओको २७ खेलबाट ६२ अंक रहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम