Logo

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो, लिगको शीर्ष स्थानमा उक्लियो



स्पेन, १४ असार । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा बार्सा र सेल्टा भिगोले २–२ को बराबरी खेलेका हुन्। बार्सिलोनाका लागि दुवै गोल लुईस स्वारेजले गरेका हुन् भने सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक–एक गोल गरेका थिए ।

बराबरी खेलेपनि बार्सिलोनाले लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसले रियल मड्रिडलाई उछिनेको हो । ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल मड्रिड ६८ अंकका साथ दोस्रो स्थानमा झरेको छ । रियालले आज इस्पानियोलसँग खेल्नेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्