Logo

लेखकद्वारा कंचनपुर र बैतडीमा ४० थान पिपिइ लगायत स्वास्थ्य सुरक्षा सामाग्री सहयोग



काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बिश्वब्यापी महामारी कोभिड–१९ विरुद्ध अग्र पंक्तिमा खटिरहेका कंचनपुर जिल्ला का सुरक्षाकर्मीहरुलाई २० थान पिपिइ सहयोग गरेका छन । लेखकद्वारा पठाईएका स्वास्थ्य सामाग्रीहरु कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडामार्फत जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनी लाई १० थान पिपिइ, ५ लिटर सेनिटाइजर र सशस्त्र प्रहरी बल शैलेस्श्वरी गुल्मका गुल्मपती शसस्त्र प्रहरी उपरीक्षक वीर बहादुर साहु लाई १० थान पिपिइ, ५ लिटर सेनिटाइजर हस्तान्तरण गरिएको नेपाली कांग्रेस कंचनपुरका सभापती हरि प्रसाद बोहोराले जानकारी दिए ।

त्यस्तै भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाका क्वारेन्टाइनमा बितरणका लागि लागि १००० थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर समेत हस्तान्तरण गरिएको सभापति बोहोराले बताए । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरणका लागि नेपाली कांग्रेस कंचनपुरका सभापति हरिप्रसाद बोहोरासहित जिल्ला सचिब दिवाकर पाण्डे, कोसाध्यक्ष शंकर बहादुर चन्द, क्षेत्र नम्बर-३ का सभापति गोपालदत भट्ट लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालयमा गएका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले यस्तो संकटको बेलामा नेता लेखक द्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई गरिएको सहयोगको प्रसंसा गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गरेका थिए । नेता लेखकले यो भन्दा अगाडि पनि कंचनपुर जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका स्वास्थ्यकर्मीहरुका लागि ५७ थान पिपिइ सहित मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका थिए ।

त्यस्तै नेता लेखकले बैतडी जिल्लाका लागि समेत २० थान पिपिइ पठाएको नेता लेखकका सहयोगी ने.बि.संघका पुर्व केन्द्रीय सदस्य जनक भट्टले जानकारी दिएका छन ।बैतडीमा पठाइएको स्वास्थ्य सामग्रीहरु आवस्यकता अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई प्रदान गरिने सहयोगी भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्