Logo

आजको मौसमः कहाँ कहाँ वर्षा



काठमाडौं, १५ असार । आज पनि देशका विभिन्न स्थानमा वर्षा भएको छ । विहानैबाट विभिन्न स्थानमा वर्षा भएको हो । आज दिउँसो र साँझ पनि वर्षाको सम्भावना रहेको हो ।

मौसम पूर्वानुमान महााशाखाका अनुसार हाल देशभर मनसुनी दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २ तथा बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ।

आज राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ ,प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्