Logo

ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा



काठमाडौं, १५ असार । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । रियल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।
अवे मैदानमा निकालेको यो जितसँगै रियाल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको छ ।

इस्पानियोलविरुद्धको खेलमा रियल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे । जितपछि रियल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ ।

लिगमा ६ खेल मात्रै बाँकी रहेको अवस्थामा रियल मड्रिडले सदाबहार प्रतिद्धन्दी बार्सिलोनासँग महत्वपूर्ण अग्रता लिएको छ । बार्सिलोना भने टाईटल विजेता बन्ने प्रतिष्पर्धामा रियलसँग दबाबमा परेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्