Logo

कतारको मरमुमीमा हीरा जस्तै मैदान



एजेन्सी, १६ असार । सन् २०२२ को फुटबल विश्वकप कतारमा हुने छ । कतारले विभिनन मैदानहरुको निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । कतारले हालै डायमन्ड इन द डेर्जट नाम गरेको मैदान तयार पारेको छ । उक्त मैदानमा ४० हजार सिट संख्या रहेको जनाइएको छ ।

कतारको मरभुमीमा हिरा जस्तै मैदान विश्वकपका लागी निर्माण भएको आठौँ मैदानका रुपमा रहेको छ । डायमन्ड जस्तै आकारमा बनाइएको मैदानले सुर्य उदाय देखि अस्ताउँदा सम्म रङ परिवर्तन भएको देख्न सक्ने गरी तयार पारिएको हो । । यो इजुकेसन सिटीको मुटुमा अवस्थित रहेको कारण उक्त मैदान निकै अद्वितीय रहेको जनाइएको छ ।

इजुकेसन सिटीको नजिक रहेको कारण यसलाई विश्वकप पछि समेत विद्यार्थी र खेलाडीहरुले प्रगोग गर्न सक्ने गरी निर्माण गरिएको छ । उक्त मैदानले पाइव स्टारको उपाधी समेत प्राप्त गरेको छ । कतारको पहिलो मैदान जस्ले फाइव स्टारको उपाधी जीतेको बताइएको छ । सन् २०२० अन्तय सम्म अझ दूईवटा मैदान खोलिसक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्