Logo

खेत जोत्दा आफैले चलाएको ट्र्याक्टरले च्यापिएर मृत्यु



राजविराज– सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए ।

बिहान करिब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्र्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्