Logo

कोरोना पीडितलाई राहत दिँदा विभेद नहोस भन्नेमा सरकार सचेत छ : मन्त्री गुरुङ



काठमाडौं, १७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाईरस पीडित दलित समूदायलाई राहत वितरण गर्ने काममा विभेद गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री गुरुङले राहत, सुरक्षा सामग्री वितरणलगायतको काममा कहिँकतै विभेद गरिएको सूचना पाए तत्काल आफूलाई जानकारी गराउन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका हुन् । ‘एशीया दलित अधिकार फोरम’द्धारा बुधबार ललितपुरमा आयोजित ‘अर्चुअल’ बैठकमा बोल्दै उनले कोरोना भाईरसको महामारीबाट पीडितलाई राहत दिने, सुरक्षालगायतका सामग्रीहरुको व्यवस्थापन गर्ने काममा विभेद नहोस् भन्नेमा सरकार सचेत रहेको पनि स्पष्ट पारे । ‘कहिँकतै त्यस्तो विभेद गरेको प्रमाणित भए सरकारले कडा कार्वाही गर्ने’ मन्त्री गुरुङको प्रतिवद्धता छ ।

मन्त्री गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन सामाजिक अभियाननै संचालन गर्नुपर्ने भन्दै त्यसमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे । उनले दलितहरुलाई सामाजिक, आर्थिक उत्पीडनबाट मुक्त गराउन सरकारले ‘उद्यमशीलता र उत्पादन’ को काममा सहभागी गराउने नीति तथा कार्यक्रम अघि बढाएको पनि स्मरण गराए ।

दलितहरुलाई विभेद हुनबाट जोगाउन शिक्षा, चेतना र सोचमा परिवर्तन गर्नुपर्ने मन्त्री गुरुङको निष्कर्ष छ । बैठकमा दलित अधिकारकर्मीहरुले कोरोना भाईरसबाट पीडित दलितहरुमाथि राहत वितरणमा समेत विभेद हुने गरेको गुनासो गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्