Logo

लिग च्याम्पियन लिभरपुलमाथि म्यानचेष्टर सिटीको फराकिलो जीत



एजेन्सी, १९ असार । इंग्लिस प्रिमियर फुटबल लिग जितिसकेको लिभरपुलमाथि म्यानचेष्टर सिटीले फराकिलो जीत हासिल गरेको छ । गएराति भएको खेलमा सिटीले ४-० को जित निकालेको हो ।

सिटीको जीतमा डि ब्रुनले पहिलो गोल पेनाल्टीमार्फत् २५ औं मिनेटमा गरेका थिए । पहिलो हाफभित्र सिटीले तीन गोल गर्ने क्रममा स्टर्लिङले ३५ औं र फोडेनले ४५ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा लिभरपुलका चेम्बरलेनले आफ्नै पोष्टमा गोल गरेका थिए । लिग जितिसकेको लिभरपुलको जारी लिगमा यो दोस्रो हार हो । छ खेल बाँकी रहँदा लिभरपुल सिटीभन्दा २० अंकले अगाडि छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्