कञ्चनपुर, असार २० । युवतीसंगै नहरमा हाम फालेका सैनिक मृत फेला परेका छन्।
नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका २३ वर्षीया राकेश चौधरीले शुक्रबार बिहान ११ बजे जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीमा युवतीसंगै हाम फालेपछि वेपत्ता थिए । शनिबार उनको शव हाम फालेको ठाउँभन्दा १०, १२ मिटर पर फेला परेको प्रहरीले बताएको छ ।
मृतक चौधरीले चौधरीले महुलियाकी १९ वर्षीया रेनु चौधरीसंगै नहरमा हाम फालेका थिए। स्थानीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको उद्दार गरेका थिए। उनीहरु दुवैजनाबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। युवती ओभरसेर अध्ययन गर्दै आएका थिईन्।




प्रतिक्रिया