Logo

ग्रह बिग्रेमा के गर्ने



प्रियजनलाई खुशी राख्न जोकोही चिन्तन गर्छन् । यसको पनि आफ्नै तौरतरिका छन् ।

  • यदि तपाइँको सुर्य ग्रह नराम्रो भएमा पिताको सेवा गर्नुपर्छ ।
  • यदि तपाइँको चन्द्र ग्रह अशुभ भएमा आमाको आर्शीवाद लिनुपर्छ ।
  • यदि पहिलो जन्ममा आमाको ऋृण बाकी भएमा यस जन्ममा मंगल अशुभ हुनेछ । यसको लागि आमालाई मिठो भोजन गराउनुपर्छ ।
  • यदि तपाइँको बुध ग्रह अशुभ भएमा दिदी बहिनी वा फुपुको आर्शिवाद लिने र उनीहरुलाई प्रसन्न गराउने ।
  • यदि गुरु अशुभ भएमा पहिलो जन्मको मन्दिरको ऋण बाकी रहेको संकेत हुन्छ । त्यसकारण मन्दिरको सेवा गर्नु । हजुरबुवा वा बृद्ध व्यक्तिको सेवा गर्ने ।
  • यदि कुण्डलीमा शुक्र अशुभ भएमा पहिलो जन्मको पत्नीको ऋण बाकी छ । आफ्नी पत्नीलाई ठुलो स्वरले नबोली सम्मान गर्नु । गुलाबी वस्तु उपहार दिनु ।
  • यदि शनि र राहु अशुभ भएमा आफु मातहतमा मानिसहरुलाई खुशी बनाउनुहोस् । जागिरमा रिसाउनु हुँदैन ।
  • यदि केतुु ग्रह अशुभ छ भने पहिलो जन्मको छोराको दोष हुन्छ । त्यसकारण छोरासँग शत्रुता गर्नु हुँदैन । उसले मन पराएको वस्तु उपहार दिएर ऋणको निवारण गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्