Logo

श्रीकृष्णले बसाएका तीन नगर



भगवान श्रीकृष्णको जन्म मथुरामा भएको थियो । मथुरा हिन्दुहरुको राज्य हो । गोकुल, वृन्दावन, गिरीराज र द्धारिकामा कृष्णले आफ्नो जीवनको केहि महत्वपुर्ण समय गुजारे । भारतको जुन जुन स्थानमा कृष्ण बसे उक्त स्थानहरु प्रचलित छन् । तर, मथुरा कृष्णको जन्मभुमि भएकोले हिन्दुहरुको धमृको प्रमुख तीर्थस्थलको रुपमा प्रख्यात छ ।

द्धारिकाः द्धारिकाको पहिले नाम कुशवती थियो, जुन स्थान उजाडीएको थियो । श्रीकृष्णले उक्त स्थानमा नगरको निर्माण गरे । मामा कंसको हत्यापछि कृष्णले गुजरातको समुन्द्रतटमा द्धारिका निर्माण गरे र त्यहाँ एक नयाँ राज्यको स्थापना गरे ।

कालान्तमा कृष्णले बनाएको नगर डुब्न पुग्यो जसको केही अवशेष अझै पनि भेटिन्छ । हिन्दुहरुको ४ धाम मध्ये द्धारिका धामलाई द्धारिकापुरी मोक्ष तीर्थ भनिन्छ ।

इन्द्रप्रस्थः इन्द्रप्रस्थ खण्डहर थियो । जसलाई पहिला खांडवप्रस्थ भनिन्थ्यो । यो पांडवका छोराहरुलाई बनाएका थिए । यो नगर धेरै बिचित्रको थियो । पांडवका पाँच छोराहरुले महललाई इन्द्रजाल जस्तो बनाएका थिए । द्धारिका जस्तै देखिनेगरी निर्माण गरिएको महल दानव र भगवान विश्वकर्माको प्रयासबाट सम्भव भएको थियो ।

जब पांडवहरुको ठुलो बुबाको छोरासँग सम्बन्ध बिग्रेकाले कौरवको पिता धृतराष्ट्रले पांडवहरुलाई यमुना नदीको किनारमा रहेको खांडवप्रस्थ क्षेत्र दिएका थिए । इन्द्रप्रस्थमा सुख्खा मरुभुमिलाई हराभरा बनाएका थिए । मरुभुमिलाई पांडवहरुले कृष्णको सहयोगले स्वर्ग समान बनाएका थिए । हस्तिनापुर भन्दा लगभग ४५ मिल टाढा इन्द्रप्रस्थ छ । त्यति बेला कृण्णले बसाएको गाउँ हाल आएर भारतको इन्द्रपस्थ जिल्लामा अवस्थित छ ।

बैकुण्ठः हिन्दु धर्ममान्यता अनुसार बैकुण्ठमा जगत पालक भगवान विष्णु वास बस्ने पुण्य, सुख र शान्तीको लोक हो । उहि हामीले कुरा गरेको बैकुण्ठ धाम भगवान श्रीकृष्णले नै निर्माण गरेक थिए । विद्धानहरुको अनुसार यस धामको पहिला नाम साकेत, गोलोक, परमधाम र ब्रहपुर थियो । कृष्णले अरावली पहाडकोमा साना साना नगर बसाएका थिए । भारतको सबैभन्दा पुरानो पर्वत अरावलीको पर्वत हो । त्यहि अरावली पर्वतलाई नै वैकुन्ठ नगर बसाएका थिए ।

अरावली उत्तर भारतीय पर्वतमाला हो । राजस्थान राज्यको पुर्वतिरको क्षेत्रबाट गुजरती ५ सय ६० किलोमिटर लामो पर्वतमालाको केहि चट्टान पहाड दिल्लीको दक्षिण भागसम्म गएको छ । कृष्णले अरावलीको पहाड श्रंखलामा केहि बैकुण्ठ धाम बसाएका थिए, जहाँ मानिस नभएर साधक मात्र बस्दथे । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्